लगूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

लगूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ

झापा, २६ असोज । लागूऔषध खैरोहिरोइन ब्राउनसुगर सहित झापामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–७ का ३५ बर्षीय सुवास दर्जी र मेचीनगर–८ का सन्दिप राजवंशी छन् । हिजो दिउँसो पौने ४ बजे दुबैजनालाई मेचीनगर–७ ईटाभट्टा एरियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विशेष सुराकका आधारमा खटिएको प्रहरीको शादा पोशाकको टोलीले उनिहरुलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा १५७ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरेको हो । ब्राउनसुगर सहित पक्राउ परेका दर्जी र राजवंशी उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरु उपर ईलाका प्रहरी कार्यालय काकड्भिट्टाबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);