लागुऔषध खैरो हिरोईनसहित ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लागुऔषध खैरो हिरोईनसहित ३ जना पक्राउ

झापा, ९ असाेज । लागुऔषध खैरो हिरोईनसहित झापामा ३ जना पक्राउ परेका छन् । उनीहरुलाई अर्जुनधारा ११ बसपार्क र बिर्तामोड भगवान चोक बाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बिर्तामोड ३ का २४ बर्षीय बिशाल राजवंशी र सोही स्थानका १५ बर्षीय नरप्रसाद राजवंशी रहेका छन । त्यस्तै अर्का बिर्तामोड २ का २२ बर्षीय प्रदिप राजवंशी रहेका छन । बिशाल र नरप्रसाद ११ ग्राम ब्राउनसुगर सहित अर्जुनधाराबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रदिप भने १० ग्राम ब्राउनसुगर सहित बिर्तामोड भगवान चोकबाट पक्राउ परेको उक्त कार्यालयले जनाएको छ । विशेष सुराकका आधारमा उनिहरुलाइ हिजो राती पौने ११ बजे पक्राउ गरिएको हो ।

पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);