ब्राउनसुगर सहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

ब्राउनसुगर सहित २ जना पक्राउ

pakrau

झापा, १५ चैत । झापाको बिर्तामोडबाट लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । उनीहरुलाई बिर्तामोड–५ बाट प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ का २५ बर्षीय दिपु चौधरी र बिर्तामोड–३ का २५ बर्षीय सुवास ताजपुरियालाई १ ग्राम ८०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित शनिवार अपरान्ह ५ बजे पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);