भारतको थोक मुद्रास्फीतिमा सामान्य गिरावट, जुलाईमा ९.७८ प्रतिशत कायम | ईमाउण्टेन समाचार

Our Network

साउन ३० २०८३, आइतबार

भारतको थोक मुद्रास्फीतिमा सामान्य गिरावट, जुलाईमा ९.७८ प्रतिशत कायम

भारतको थोक मूल्य सूचकाङ्क (डब्लूपीआई) मा आधारित मुद्रास्फीति जुलाई महिनामा सामान्य घटेर ९.७८ प्रतिशत कायम भएको छ । वाणिज्य तथा उद्योग मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो महिना जुनमा यस्तो मुद्रास्फीति ९.८७ प्रतिशत रहेको थियो । मन्त्रालयकाअनुसार सबै वस्तुहरूको समग्र सूचकाङ्क जुन महिनाको ११०.२ बाट घटेर जुलाईमा ११०.० मा झरेको छ । यस महिनामा खनिज तेल, खाद्य वस्तुहरू, आधारभूत धातुको उत्पादन, गैर-खाद्य वस्तुहरू, खाद्य उत्पादन तथा रसायन र रासायनिक उत्पादनहरू थोक मुद्रास्फीतिका प्रमुख कारकहरूका रूपमा रहेका छन् । यद्यपि, थोक खाद्य सूचकाङ्कमा भने वृद्धि देखिएको छ ।

प्राथमिक वस्तु समूह र निर्मित खाद्य उत्पादनलाई समेट्ने यस सूचकाङ्कको वृद्धिदर जुनमा ६.१४ प्रतिशत रहेकामा जुलाईमा बढेर ६.६५ प्रतिशत पुगेको छ ।अर्कोतर्फ, सरकारले गत बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार भारतको खुद्रा मुद्रास्फीतिमा भने सामान्य बढोत्तरी भएको छ । जुन महिनामा ४.३८ प्रतिशत रहेको खुद्रा मुद्रास्फीति जुलाईमा ४.४५ प्रतिशत पुगेको हो । यसैगरी खाद्य मुद्रास्फीति पनि ५.३२ प्रतिशतबाट वृद्धि भई ५.५२ प्रतिशत कायम भएको छ । खाद्य वस्तुको मूल्यमा भएको वृद्धिका कारण नै समग्र खुद्रा मुद्रास्फीति बढ्न पुगेको तथ्याङ्कले देखाएको छ ।

Leave a Reply