उपत्यकामा ट्राफिक व्यवस्थापन कडाई, बिहानैदेखि मापसे चेकिङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

काठमाडौं, १५ चैत। होली पर्वको अवसरमा महानगरीय ट्राफिक प्रहरीले बिहानैदेखि उपत्यकामा ट्राफिक व्यवस्थापनमा कडाई गरेको छ । होलीको बेला हुन सक्ने सम्भावित अप्रिय घटना नियन्त्रणका लागि ट्राफिक प्रहरीले बिहानैदेखि चेकजाँच कडा गरेको महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

होलीका दिन माद्यक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने तथा तेब्बर लोड गर्नेहरुको संख्या धेरै हुने भएकाले आज अत्याधिक ट्राफिक प्रहरी परिचालन प्रवक्ता अधिकारीले जानकारी दिए । अरु दिनहरुमा बेलुकी मात्र मापसे चेक गर्ने गरिएको भए पनि आज भने बिहानै देखि मापसे चेकिङ भईरहेको उनको भनाई छ ।

काठमाडौंमा मात्रै ८५ देखि ९० स्थानमा चेक प्वाँइट राखिएको उनको भनाई छ । कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय भिडभाड नगर्न , सार्वजनिक स्थानमा होली नखेल्न दिएको निर्देशन भने अधिकांसले मानेको देखिएको प्रवक्ता अधिकारीले बताए ।

हालसम्म भने कसैलाई कारवाही नै गर्नु पर्ने अवस्था नआए पनि चेकजाँचका क्रममा केहीलाई भने नियन्त्रणमा लिएर सडक मै राखिएको उनको भनाई छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);