लागूऔषध सहित चार जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

लागूऔषध सहित चार जना पक्राउ

झापा, २६ कार्तिक । झापाको बिर्तामोडबाट प्रहरीले लागूऔषध खैरोहिरोईन सहित चार जानालाई पक्राउ गरेको छ । उनीहरुलाई बिर्तामोड नगरपालिका वडा नम्बर २ फुलबारी टोलबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय संजय कुमार राजबंशी, २५ बर्षीय मोहन कुमार ओली, २४ बर्षीय दयालाल राजबंशी र २० बर्षीय अरुण कुमार राजबंशी रहेका छन । उनिहरुलाई प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले हिजो ब्राउनसुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मोहन कुमार ओलीको घरमा लागुऔषध खरिद बिक्री भईरहेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई ५ ग्राम ७०० मिलीग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका चारै जना उपर ईलाका प्रहरी कार्यालय अनारमनीबाट कानुनी कारबाही अगाडी बढाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);