चितुवाको छाला र लागु औषध अफिम सहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

चितुवाको छाला र लागु औषध अफिम सहित २ जना पक्राउ

दाङ, २६ कार्तिक । दाङमा प्रहरी चितुवाको छाला र लागु औषध अफिम सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका १२ निवासी २६ बर्षीय मधु डाँगी र प्युठानको नौवहिनी गाउँपालिका ५ निवासी २७ बर्षीय धनसिंह टमटारहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मंगलवार साझँ करिब ८ बजे तिर घोराही उपमहानगरपालिका ८ बनगाउँमा चितुवाको छाला र लागु औषध अफिमको कारोवार भइ राखेको छ भन्ने गोप्य सुचनाको आधारमा जिप्रका दाङबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिप्रका दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।

प्रहरी टोलीले उनीहरुलाई शंकास्पद तरिकाले हिडिराखेका अवस्थामा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ३ किलो ७५० ग्राम लागु औषध अफिम र पुच्छर सहितको लम्वाई ६ फिट ११ ईन्च लामो चितुवाको छाला फेला परेको उहाँले बताउनुभयो । उनीहरु २ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);