ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८३, शुक्रबार

ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ

झापा, १५ मंसिर। खैरोहिरोईन ब्राउनसुगर सहित झापाको भद्रपुर–४ नरसिंह बगान क्षेत्रबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत बिहार गलगलिया–४ का १९ बर्षीय महमद जबर र सोही स्थानका ५९ बर्षीय ऐजुब महमद अली रहेका छन ।

बिशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई आज विहान ११ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नियन्त्रण पश्चात उनीहरु उपर चेकजाँच गर्दा ५ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनिहरु उपर थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

ताजा समाचार