ब्राउनसुगर प्याकिङ्ग गर्दागर्दै एक महिला पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

ब्राउनसुगर प्याकिङ्ग गर्दागर्दै एक महिला पक्राउ

झापा, १९ असोज । झापाको दमकबाट खैरो हिरोइन ब्राउनसुगर प्याकिङ्ग गर्दा गर्दै एक महिला पक्राउ परेकी छन् । विषेश सुराकका आधारमा इलाका प्रहरी कार्यालय दमकका सादा पोशाकमा खटिएका प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दमक ९ की ३० वर्षीया रुपा भण्डारी रहेको प्रहरीले जनाएको छ ।

उनलाई दमक नगरपालिका वडा नम्बर ९ झरना टोलमा रहेको आफ्नै घरबाट केहिबेरअघि प्रहरीले पक्राउ गरेको हो । ब्राउनसुगर भने कति परिणाममा छ भन्ने यकिन भइसकेको छैन् । प्रहरीका अनुसार ब्राउनसुगर इलाका प्रहरी कार्यालयमा लगेर तौल गरिने छ । सो क्रममा प्रहरीले ७४ हजार ६ सय १५ रुपैयाँ नगद समेत फेला पारेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);