गुल्मीमा छोराले गरे बुबाको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गुल्मीमा छोराले गरे बुबाको हत्या


गुल्मी, १९ असोज । गुल्मीमा आफ्नै छोराले बुबाको हत्या गरेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्वर ४ का अन्दाजी २६ वर्षीय अनिल वस्नेतले आफ्नै बुबा ६० बर्षीय बुबालाई आफ्नै घर भित्र कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक केदार राज पन्तले जानकारी दिनुभयो ।

कुटपिटबाट घाइते भएका वस्नेतलाई उपचारका लागि पाल्पा लगिएको थियो । प्रभाष पाल्पा बाट प्रदेशिक हस्पिटल बुटवल रिफर गरिएको थियो । बुटवल लैजादै गर्दा बाटो मै बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । निज कुटपिट गर्ने छोरा अहिलेसम्म सम्पर्कमा आएका छैनन् । प्रहरीले उनलाई खोजिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);