मानव तस्करीको आरोपमा ४ नेपाली नागरिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

मानव तस्करीको आरोपमा ४ नेपाली नागरिक पक्राउ

dampati pakrau

नवलपुर, १७ असोज । भारतमा व्यवसाय गरिरहेका ४ नेपाली नागरिक पक्राउ परेका छन् । नवलपुर मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउपालिकाका भारतमा व्यवसाय गरिरहेका ४ नेपाली भारतमा पक्राउ परेका हुन् ।

भारतको गाजियावाद घण्टाघरमा व्यवसाय गर्दै आएका उनीहरुलाई मानव तस्करको आरोपमा गत सोमबार भारतीय प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा मध्यविन्दु नगरपालिका वडा नम्बर ११ का सुरेश सोती र बिमबहादुर सोमै, मध्यविन्दु १२ का उमिसरा सोमै र मध्यविन्दु १४ का खड्कबहादुर केसी रहेका छन् ।

गत आईतबार भारत पुगेका उनीहरुलाई सोमबार गाजियावादबाट भारतीय प्रहरीले पक्राउ गरेको हो । भारतीय प्रहरीले मानव तस्करको मुद्दा दायर गरेको आफन्तले बताएका छन् ।

भारतमा व्यवसाय गरिरहेका उनीहरुले कामदार सहित ३५ जनाको समूह भारतको गाजियावाद पुगेको थियो । भारत जानेहरुमा १९ जना बालबालिका छन् । पढाई छोडेका तथा घरको आर्थिक अवस्था कमजोर रहेको कारण गाउँलेको मम पसलमा काम गर्न व्यवसायीसँगै गएको पठाइएको बताइएको छ।

आफन्त नेपाल नामक संस्थाको भारत कार्यालयले मानब तस्करको आरोप लगाई भारतीय प्रहरीमा उजुरी दर्ता गरेको थियो । उजुरीका आधारमा भारतीय प्रहरीले ३५ जना लाई पक्राउ गरि १९ जना बालबालिकाहरूलाई बालगृह पठाएको छ । अन्य १६ जनाको सोधपुछ गरी ४ जना विरुद्ध मुद्दा दर्ता गरेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);