हत्या गरि फरार रहेको आरोपमा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

हत्या गरि फरार रहेको आरोपमा पक्राउ

pakrau

सुनसरी, १९ चैत । होलीका दिन भाला प्रयोग गरी इटहरी २ बेलगाछी बस्ने केशव कार्कीको हत्या गरि फरार रहेको आरोपमा पक्राउ परेका कान्छा रेग्मी भन्ने जिवनाथ रेग्मीलाई इलाका प्रहरी कार्यालय इटहरीले सार्वजनिक गरेको छ ।

आफ्नै घरमा टि.भी.हेरि रहेको समयमा कार्कीलाई कोखामा भाला प्रहार गरी घाइते वनाई फरार भएका रेग्मीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । कार्कीलाई भाला हानी फरार भएका रेग्मीलाई प्रहरीले इटहरी २ मा रहेको कृषि अनुसन्धान निर्देशनालय तरहरा परिसरमा लुकीछीपी बसेको अवस्थामा पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक अर्जुन केसीले जानकारी दिनुभयो ।

भाला प्रहारबाट गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा सोही दिन विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । त्यसै गरी इटहरी प्रहरीले गत वर्ष साउनमा इटहरी १० का कृष्ण ढकाललाई कुटपीट गरी हत्या गरेर फरार भएका सोही ठाउँका सुभाष चौधरी र मदन थापा आफै गत १५ गते इकाला प्रहरी कार्यालय इटहरीमा आएको समेत केसीले जानकारी दिनुभयो ।

हत्याको आरोप लागेका चौधरी र थापालाई सुनसरी जिल्ला अदालतबाट हिरासतमा राख्न र अनुसन्धान गर्ने अनुमति लिएर अनुसन्धान गरिरहेको समेत प्रहरी नायव उपरिक्षक केसीले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);