पोखरामा कुटपिट गरी फरार व्यक्तिहरु पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पोखरामा कुटपिट गरी फरार व्यक्तिहरु पक्राउ

असिम पौडेल,
कास्की । पोखरामा कुटपिट गरी फरार व्यक्तिहरु पक्राउ परेका छन् । गत असार २७ गते ३ बजेको समयमा जिल्ला कास्की पोखरा मनपा-१२ लालीगुराँसटोलमा बस्ने समद मियाकोलाई कुटपिट गरेको अभियोगमा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं २ बागलुङ बसपार्क बस्ने बर्ष १८ को सोयल मिया र पोखरा महानगरपालिका वडा नं – ५ पर्स्याङ बस्ने बर्ष २० को आगमन गुरुङ रहेका छन् ।

पक्राउ परेका उनीहरुले विभिन्न धाकधम्की दिई वादबिवाद गरी हातपात गरी अभद्र व्यवहार गरी घाइते बनाई फरार भएका थिए ।

प्रहरी टोलीले निजहरुलाई खोजतलास गर्ने क्रममा उनीहरुलाई जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं – २ बागलुङ बसपार्कमा फेला पारेको थियो । निजहरुलाई तत्काल नियन्त्रणमा लिई कानुन बमोजिम कारवाही प्रक्रिया अगाडि बढाईएको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);