पोखरामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

पोखरामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

pakrau

कास्की । पोखरामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ  परेका छन। १६ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरी गोप्य भिडियो खिचेर सामाजिक संजालमा‌ राखेको अभियोगमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार प्रदेश पश्चिमी चम्पारण जिल्ला बथना घर भइ हाल पोखरा महानगरपालिका वडा नं -९ शान्तिवन बस्दै आएका २७ वर्षीय इन्द्रजित कुमार शर्मा रहेका छन् । पक्राउ परेका शर्माले बालिकालाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी डर, धाकधम्की दिएर जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

प्रहरी प्रवक्ता हमालका अनुसार शर्माले करणी गरी गोप्य भिडियो तथा फोटोहरु बालिकाकै नाउँमा नक्कली फेसबुक अकाउन्ट बनाएर अपलोड गरिदिएको भन्दै उनीविरुद्ध परिवारले जाहेरी दिएका थिए । शर्मालाई बुधबार पोखरा महानगरपालिका वडा नं- १४ चाउथेबाट प्रहरीले पक्राउ गरेको उनले बताए ।

पक्राउ परेका शर्मा बिरूद्ध जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता सुवास हमालले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);