प्रदर्शनमा उत्रिएका पुनर्निर्माण प्राधिकरणका इन्जिनियर पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रदर्शनमा उत्रिएका पुनर्निर्माण प्राधिकरणका इन्जिनियर पक्राउ

काठमाडौं । आफूहरुलाई सेवाबाट नहटाउन माग गर्दे प्रदर्शनमा उत्रिएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक कर्मचारीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो प्रदर्शनमा उत्रिएका उनीहरुलाई माइतीघर मण्डलाबाट प्रहरीले पक्राउ गरेको हो ।

असारपछि कामबाट निकाल्न लागेको भन्दै भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुको आन्दोलित भएका हुन् । शिक्षा मन्त्रालयमा २०३६ सालदेखि कार्यरत ३२० इन्जिनियरलाई २०७६ देखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत विद्यालय पुनर्निर्माणमा खटाइएको थियो ।

असारपछि भूकम्प प्रभावित ३१ जिल्लाका लागि ११० इन्जिनियर र सब–इन्जिनियर राखी अरूलाई बिदा गर्ने सरकारको निर्णयपछि उनीहरु थप आन्दोलित भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);