रसियाका विपक्षी नेता नाभाल्नीको पक्राउको विरोधमा सहभागि समर्थक प्रहरीको नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

रसियाका विपक्षी नेता नाभाल्नीको पक्राउको विरोधमा सहभागि समर्थक प्रहरीको नियन्त्रणमा

एजेन्सी, ११ माघ । रसियाका विपक्षी नेता एलेक्सी नाभाल्नीको पक्राउको विरोधमा सहभागि हजारौं समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रसियाका विभिन्न शहरमा भएको प्रदर्शनमा उत्रिएका करिब ३ हजार प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । राजधानी मस्कोमा प्रहरीले प्रदर्शनकारीलाई लछारपछार गर्दै नियन्त्रणमा लिएको थियो ।

प्रदर्शनअघि प्रहरीले मानिसहरूलाई घरभित्रै बस्न चेतावनी दिएको थियो भने नाभाल्नीका नजिकका सहयोगीहरूलाई प्रदर्शन अघिनै पक्राउ गरिएको थियो । साथै प्रदर्शनकारीले राष्ट्रपति भ्लादिमिर पुटिनको विरोध गर्दै नाराबाजी गरेका थिए । यो अहिलेसम्मकै ठूलो प्रदर्शन भएको जनाइएको छ । प्रदर्शनमा विद्यार्थीदेखि वृद्धवृद्धासम्मका व्यक्तिसम्म सहभागी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गत आइतवार उपचारपछि जर्मनीबाट स्वदेश फर्केका नाभाल्नीलाई विमानस्थलमा पक्राउ गरेपछि समर्थकहरूले सामाजिक सञ्जालमार्फत प्रदर्शनको आह्वान गरेका थिए । पछिल्लो केही वर्ष यता पुटिन विरुद्ध भएको ठूलो प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

नाभाल्नी राष्ट्रपति पुटिनका कट्टर कडा आलोचक मानिन्छन् । सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा उनी उम्मेदवार बन्न खोजेका थिए । तर आर्थिक हिनामिनाको आरोपमा उम्मेदवार बन्न दिइएन । गत अगस्टमा ४४ वर्षीय नभाल्नीलाई स्नायु विष दिइएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);