जर्मनीमा कोरोना नियन्त्रणका लागि लगाइएको प्रतिबन्धविरुद्ध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जर्मनीमा कोरोना नियन्त्रणका लागि लगाइएको प्रतिबन्धविरुद्ध प्रदर्शन

प्रदर्शनमा सहभागी २ सय जना भन्दा बढी प्रहरी नियन्त्रणमा

एजेन्सी, १४ भदौ । जर्मनीमा कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको प्रतिबन्धको विरोधमा प्रदर्शन भएको छ । हजारौँ प्रदर्शनकारीले बर्लिनमा सरकारको विरोधमा गर्दै प्रदर्शन गरेका हुन् ।

सरकारले लगाएको मास्क लगाउने वा अनुहार ढाक्नुपर्ने नियम स्वतन्त्रता विरोधी रहेको उनीहरुको आरोप छ । ब्रेडनवर्ग गेटमा हजारौँ मानिस जम्मा भएर सरकार विरुद्ध प्रदर्शन गरेको बीबीसीले जनाएको छ । प्रदर्शनमा सहभागी थोरै मानिसहरुले मात्र मास्क लगाएको पाइएको छ भने भौतिक दूरीको नियमसमेत पालना गरिएको छैन ।

प्रदर्शनकारीलाई प्रहरीले लकडाउनको नियम उल्लंघन नगर्न आग्रह गरे पनि प्रदर्शनकारीले प्रहरीमाथि नै ढुङ्गा प्रहार गरेका थिए । प्रदर्शनमा सहभागी झण्डै २ सय जनालाई पक्राउ गरी हिरासतमा राखिएको छ । प्रदर्शनमा ३० हजारभन्दा धेरै मानिस सहभागी भएका थिए ।

जर्मन चान्सलर एञ्जेला मर्केलले सार्वजनिक ठाउँमा मास्क नलगाउनेलाई ५० पाउन्ड जरिवाना गर्ने निर्णय गरेसँगै प्रदर्शन चकिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);