नागरिकता बिधेयक पारित गरेको बिरोधमा भारतका बिभिन्न राज्यमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नागरिकता बिधेयक पारित गरेको बिरोधमा भारतका बिभिन्न राज्यमा प्रदर्शन

एजेन्सी, २६ मंसिर । भारतीय संसदको दुबै सदनले नागरिकता संशोधन विधेयक पारित गरेपछि त्यसको विरोधमा नागरिकहरु आन्दोलनमा उत्रिएका छन् ।

नागरिक आन्दोलन हिंसा र आगजनीमा परिणत हुन थालेपछि कतिपय राज्यमा सरकारले कर्फ्यु नै लगाएको छ । भारतको पूवोत्तरस्थित आसाम राज्यमा नागरिकहरु विरोधमा उत्रेपछि दंगा नै फैलिएको छ ।

जसका कारण राजधानी गुवाहाटीमा अनिश्चितसमयका लागि कर्फ्यु नै लगाइएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । प्रदर्शनकारीले रेल स्टेशनमै तोडफोड र आगजनी गरेका छन् ।

प्रदर्शनकारीहरु कर्फ्युको अवज्ञा गरेर आन्दोलनमा उत्रिएको बताइएको छ । त्रिपुरामा पनि प्रदर्शन थालिएको छ । स्थानीय प्रशासनले सेना परिचालन गर्नेसम्मको तयारी गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दंगाग्रस्त क्षेत्रमा केन्द्रीय अर्धसैनिक बल र राज्य सुरक्षा बल तैनाथ गरिएको छ । रेल स्टेशनहरुमा उच्च सतर्कता अपनाइएको छ । कतिपय जिल्लामा इन्टरनेट सेवासमेत बन्द गराइएको छ ।

आसाममा दंगा भड्किएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसामी जनताको भाषा, संस्कृति र आधिकार कसैले पनि खोस्न नसक्ने भन्दै शान्त रहन अपील गरेका छन् ।

नयाँ नागरिकता कानुनले भारतसँग सीमा जोडिएका अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट भारतमा शरण लिँदै आएका मुस्लिमबाहेकका हिन्दु, बौद्ध, शिख, जैन, फारसी र क्रिश्चियनलाई भारतीय नागरिकताका लागि बाटो खोलिदिएको छ ।

नागरिकता विधेयक विनाशर्त फिर्ता गर्न प्रदर्शनकारीले माग गरेका छन् । प्रहरीले रबरका गोली र अश्रुग्यास प्रहार गरेको जनाइएको छ । प्रदर्शनमा दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);