अमेरिका, मेक्सिको र क्यानडाबीच नयाँ व्यापार सम्झौतामा हस्ताक्षर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अमेरिका, मेक्सिको र क्यानडाबीच नयाँ व्यापार सम्झौतामा हस्ताक्षर

एजेन्सी, २५ मंसिर । अमेरिका, मेक्सिको र क्यानडाले दुई वर्षको वार्तापछि संशोधित यू एस ए म सीए नामको व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् ।

२५ वर्ष पुरानो नाफ्टा भनिने उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतालाई विस्थापित गर्दै अमेरिका, मेक्सिको र क्यानडाले संशोधित यू एस ए म सीए व्यापार सम्झौता गरेको संचार माध्यमहरुले जनाएका छन् ।

मेक्सिको सिटीमा आयोजित हस्ताक्षर समारोहमा मेक्सिकोका राष्ट्रपति आन्द्रेज म्यानुएल लोपेज अब्राडोरले नयाँ सम्झौता तीनवटै देशका कामदारहरूका लागि उचित भएको र त्यसले आप्रवासनको समस्या हल गर्ने बताए ।

नाफ्टाको साटो नयाँ व्यापार सम्झौताको विषय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सन् २०१६ को निर्वाचनका बेला एउटा प्रमुख एजेन्डा थियो । अब उक्त सम्झौता अमेरिकी संसद्का दुवै सदनमा अनुमोदनका लागि प्रस्तुत् गरिनेछ ।

अमेरिकामा नयाँ सम्झौतामा ह्वाइट हाउसले श्रमिक तथा वातावरणसम्बन्धी प्रावधान परिवर्तन गर्न सहमति जनाएपछि विपक्षी डेमोक्रयाटहरूले पनि त्यसको समर्थन गरेका थिए । समर्थन प्राप्त भएको केही घण्टामै उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);