एमसीसीद्वारा श्रीलंकासँग प्रस्तावित ४८ करोड अमेरिकी डलरको सम्झौता रद्द | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एमसीसीद्वारा श्रीलंकासँग प्रस्तावित ४८ करोड अमेरिकी डलरको सम्झौता रद्द

mcc

एजेन्सी, २ पुष । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीले श्रीलंकासँगको प्रस्तावित ४८करोड अमेरिकी डलरबराबरको सम्झौता रद्द गरेको छ । एमसीसीको संचालक समितिको वासिङ्टनमा बसेको बैठकले श्रीलंकासँगको प्रस्तावित सम्झौता रद्द गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

एमसीसीद्वारा जारी विज्ञप्तिमा बैठकले अमेरिकी सरकारको अनुदान सहयोगका लागि नयाँ मुलुकहरु चयन गरेको र श्रीलंकासँगको प्रस्तावित सम्झौता रद्द गर्ने निर्णय गरेको उल्लेख छ । एमसीसीले नीतिगत सुधार र गरिबी न्यूनीकरणका लागि भन्दै सिएरा लियोन र किरिबाटीलाई छनोट गरेको छ । त्यस्तै सोलोमन आइल्यान्डलाई लागि २ करोड ३० लाख अमेरिकी डलर बराबरको कार्यक्रमका लागि छनोट पनि गरेको छ ।

सन् २०१९ को अप्रिलमा एमसीसीले श्रीलंकामा ४८ करोड अमेरिकी डलरबराबरको अनुदानका विभिन्न परियोजना निर्माणका लागि सम्झौता प्रस्ताव स्वीकृत गरेको थियो । तर श्रीलंकाले भने उक्त सम्झौतालाई अनुमोदन गरेको थिएन ।

गत मार्चमा श्रीलंकाली मन्त्रिपरिषद्को बैठकले एमसीसी सम्झौतामा हस्ताक्षर नगर्ने तर सम्झौताको संशोधनमा चाहिँ छलफल गर्न सकिने निर्णय गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);