चन्द्रमाको सतहबाट ढुंगामाटोको नमुना लिएर फर्कियो चाङ ई–५ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चन्द्रमाको सतहबाट ढुंगामाटोको नमुना लिएर फर्कियो चाङ ई–५

एजेन्सी, २ पुष । चिनियाँ चन्द्रयान चाङ ई–५ चन्द्रमाको सतहबाट ढुंगामाटोको नमुना लिएर पृथ्वीमा फर्किएको छ । स्थानीय समयअनुसार बिहीबार बिहान चाङ ई–५ मंगोलिया स्वायत्त क्षेत्रको सिचिवाङमा सुरक्षित अवतरण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

यसअघि अमेरिकाको अपोलो र तत्कालीन सोभियत संघको लूना चन्द्रयान मात्र चन्द्रमाको सतहको नमुना लिएर फर्किन सफल भएका थिए । नमुनाको अध्ययनबाट पृथ्वीको उपग्रहको सतह र उसको अतीतका बारेमा विभिन्न जानकारी हासिल हुने वैज्ञानिकहरुको दाबी छ ।

चीनले गत नोभेम्बरको अन्त्यमा चाङ ई–५ चन्द्रयान चन्द्रमामा पठाएको थियो । चन्द्रमाबाट ल्याइएका नमुना धेरै पुराना भएको बताइएको छ । यी नमुना करिब तीन अर्ब वर्ष पुरानो हुन सक्ने वैज्ञानिकहरुको अनुमान छ । चिनियाँ चन्द्रयानले ल्याएको नमुना भने यसअघिका भन्दा केही फरक हुन सक्ने बताइएको छ ।

चाङ ई–५ मिसनअघि चीनले २०१३ मा चाङ ई–३ र सन् २०१९ मा चाङ ई–४ चन्द्रमामा पठाएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);