भारतको चन्द्रयान–३ को सफलतापूर्वक प्रक्षेपण | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

भारतको चन्द्रयान–३ को सफलतापूर्वक प्रक्षेपण

काठमाडौं । भारतको चन्द्रयान–३ को सफलतापूर्वक प्रक्षेपण भएको छ ।

भारतको चन्द्र मिसनअन्तर्गत चन्द्रयान–थ्रीलाई आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट शुक्रवार दिउँसो स्थानीय समयानुसार २ः३५ बजे सफलतापुर्वक प्रक्षेपण गरिएको हो ।

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले सतिश धवन स्पेस सेन्टरबाट चन्द्रयान–३ लाई लन्च गरेको हो । चन्द्रयानको लन्च हेर्न विभिन्न विद्यालयका करिब २ सय विद्यार्थी स्पेस सेन्टरमा पुगेका थिए । विद्यार्थीका साथै प्रक्षेपणको समयमा अन्य हजारौँ मानिसहरु पनि स्पेस सेन्टरमा पुगेका थिए । यो मिसनमा चन्द्रयानबाट एउटा रोभर निस्कनेछ ।

उक्त रोभर चन्द्रमाको सतहमा उत्रिने छ र लुनर साउथ पोलमा यसको पोजिसनिङ हुनेछ । त्यहाँ रोभरले चन्द्रमाको हिस्सामा रहेको खनिज, पानी आदिबारे अनुसन्धान गर्ने छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चन्द्रयान–३ को प्रक्षेपण हुनु अघि ट्विट मार्फत भारतको स्पेस क्षेत्रको क्षेत्रमा २०२३ को १४ जुलाई तारिख सुनौलो अक्षरमा लेखिने उल्लेख गर्नुभएको थियो ।

भारतले आफ्नो चन्द्रयान–३ मिशनको सफल प्रक्षेपण गरेसँगै चन्द्रमामा नियन्त्रित अवतरण गर्ने चौथो देश बन्ने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);