भारतद्वारा चन्द्रयान-२ को सफल प्रक्षेपण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतद्वारा चन्द्रयान-२ को सफल प्रक्षेपण

एजेन्सी, ६ साउन । भारतको चन्द्र अभियानअन्तर्गत चन्द्रयान–२ को सोमवार सफल प्रक्षेपण गरेको छ । भारतको आन्ध्रप्रदेशस्थित श्रीहरिकोटाको सतिश धवन अन्तरिक्ष केन्द्रबाट सोमबार दिउँसो २ बजेर ४३ मिनेटमा चन्द्रयान टुको प्रक्षेपण गरिएको हो ।

यसअघि गत जुलाई १५ मा नै प्रक्षेपण गर्ने भनिएको चन्द्रयान टुको प्रक्षेपण अन्तिम समयमा आएर स्थगित गरिएको थियो । सन् २०१८ को अक्टुबरमा नै प्रक्षेपण गर्ने लक्ष्य रहेको चन्द्रयान–टुको प्रक्षेपण मिति चारपटक सारिएको थियो ।

भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान इसरोले यसअघि चन्द्रयान टुमा मा देखिएको सबै प्राविधिक गडबडी सुधारिएको र प्रक्षेपण गरिएको जनाएको छ । चन्द्रयान टु आगामी सेप्टेम्बर ७ तारिखका दिन चन्द्रमामा पुग्ने बताइएको छ । छोटो समयमा नै चन्द्रमामा पुग्नु पर्ने भएकाले चन्द्रयान टुले पृथ्वीको परिक्रमा ५ पटक गर्नु पर्नेमा अब ४ पटक मात्रै गर्ने भएको छ ।

चन्द्रयान टुको तौल ३ हजार ८ सय ७७ किलो रहेको छ । चन्द्रयान टु मार्फत चन्द्रमामा पठाइएका यन्त्रहरु अर्बिटर, ल्याण्डर तथा रोवरले चन्द्रमा सम्बन्धी विभिन्न खोजअनुसन्धान गर्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);