हङ्कङमा लोकतन्त्रको समर्थनमा र्याली, प्रहरीद्वारा अश्रुग्यास र रबरका गोली प्रहार | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

हङ्कङमा लोकतन्त्रको समर्थनमा र्याली, प्रहरीद्वारा अश्रुग्यास र रबरका गोली प्रहार

hongkong

एजेन्सी, ६ साउन । हङ्कङमा लोकतन्त्रको समर्थनमा भएको यालीमा हिंसा भड्किएपछि प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ ।

चेतावनी दिँदा पनि प्रदर्शनकारीहरू नरोकिएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप शुरू भएको थियो। प्रदर्शनकारीले अटेर गरी प्रहरी घेरामा प्रवेश गर्न खोज्दै विभिन्न सामान फ्याकेको अधिकारीहरूको आरोप छ । प्रदर्शनकारीहरूले चीनको केन्द्रीय सरकारी कार्यालयतर्फ बढ्दै त्यहाँका भवनहरूमा अण्डा फ्याकिरहेका थिए। आइतवारको प्रदर्शनको आयोजना गर्नेहरूले ४ लाख ३० हजार जनाभन्दा बढीले प्रदर्शनमा भाग लिएको बताएका छन्। प्रहरीले भने १ लाख ३८ हजार जनाले प्रदर्शन गरेको जनाएको छ । शुरूमा एउटा बन्दै गरेको सुपुर्दगीसम्बन्धी कानुनलाई लिएर यस्तो विरोध प्रदर्शन थालिएको थियो। उक्त कानुन अनुसार हङ्कङका मानिसहरूलाई पनि चीनमा सुपुर्दगी गर्न सकिने थियो। आइतवार साँझ नकाब लगाएको दङ्गा नियन्त्रण गर्ने प्रहरी हातमा ढुङ्गामुढा छेक्ने सुरक्षाढालसहित त्यहाँको मुख्य टापुस्थित एउटा नौका टर्मिनल नजिकै प्रदर्शनकारीतर्फ बढिरहेको देखिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);