पूर्वप्रधानमन्त्री खालिदा जियालाई पाँच वर्षको जेल सजाय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पूर्वप्रधानमन्त्री खालिदा जियालाई पाँच वर्षको जेल सजाय

एजेन्सी, २५ माघ । बंगलादेशमा विपक्षी दलकी नेतृ खालिदा जियालाई भ्रष्टाचारसम्बन्धी मुद्दामा पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

बालबालिकाको क्षेत्रमा काम गर्ने एउटा संस्थाको नाममा बिनियोजित रकम दुरुपयोग गरेको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेकी जियालाई त्यहाँको उच्च अदालतले पाँच वर्षको जेल सजाय सुनाएको बीबीसीले उल्लेख गरेको छ ।

खालिदा जियालाई जेल सजाय भएपछि राजधानी ढाकामा उनका हजारौं समर्थकले प्रदर्शन गरिरहेका छन् । विरोध प्रदर्शन नियन्त्रण गर्न प्रहरीले रबरका गोली र अश्रुग्यास पनि प्रहार गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);