थाइल्यान्डकी पूर्वप्रधानमन्त्री सिनावात्रालाई पाँच वर्षको जेल सजाय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौं, १२ असोज । थाइल्यान्डकी पूर्वप्रधानमन्त्री यिङ्लक सिनावात्रालाई पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

सिनावात्राको अनुपस्थितिमै थाइल्याण्डको सर्वोच्च अदालतले आपराधिक लापरवाहीमा दोषी ठहर गर्दै सजाय सुनाएको हो । सिनावात्रा विरुद्ध चामल अनुदान योजनाको दुरुपयोग गरेको अभियोग लगाइएको छ । सिनावात्रालाई सन् २०१४ मा सैनिक विद्रोहमार्फत् सत्ताबाट हटाइएको थियो । त्यसलगत्तै उनीविरुद्ध भ्रष्टाचारको आरोप लगाइएको थियो ।

आफूविरुद्ध लगाइएका सबै आरोप सिनावात्राले अस्वीकार गर्दै आएकी छन् । सिनावात्रा ग्रामीण क्षेत्रका बासिन्दा र गरीब मतदाताबीच लोकप्रिय छिन् । उनी सन् २०११ मा प्रधानमन्त्री बनेकी थिइन् ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);