गृहमन्त्री राजनाथ सिंहको आग्रहमा दार्जीलिङमा जारी गोर्खाल्याण्ड आन्दोलन स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, १२ असोज । भारतको केन्द्रिय सरकारका गृहमन्त्री राजनाथ सिंहको आग्रहमा दार्जीलिङमा जारी गोर्खाल्याण्ड आन्दोलन स्थगित गरिएको छ ।

दार्जिलिङ बन्द र गोर्खाल्याण्ड आन्दोलन स्थगित भएपछि दार्जिलिङ र आसपासका सबै ठाउँका जनजीवन सामान्य भएको छ । पश्चिम बङ्गालबाट टुक्रिई दार्जिलिङ र आसपासका क्षेत्रलाई एक छुट्टै राज्य – गोर्खाल्याण्डको स्थापना हुनुपर्ने मुख्य माग राख्दै गोर्खा जनमुक्ति मोर्चाको अगुवाईमा एकसय दिनभन्दा बढीसम्म लगातार जनआन्दोलन चलिरहेको थियो । गोर्खा जनमुक्ति मोर्चाका प्रमुख नेता बिमल गुरुङले पार्टीका अन्य नेताहरुसँग सल्लाह गरी एक रेडियो वक्तव्य मार्फत् अनिश्चित कालसम्मका लागि आन्दोलन र बन्दको कार्यक्रम फिर्ताको घोषणा गर्नुभएको जनाइएको छ ।

दशैं तिहारजस्ता ठूला चाड, पर्वलाई ध्यानमा लिई सामाजिक शान्ति र सद्भाव कायम राख्न आन्दोलन स्थगित गरिएको जनाइएको छ । गत मंगलबार केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले आन्दोलनरत नेताहरुलाई प्रजातान्त्रिक राष्ट्रमा जस्तोसुकै गम्भीर राजनीतिक समस्या पनि वार्ताद्वारा समाधान निकाल्न सकिने भन्दै आन्दोलन र बन्दका कार्यक्रम फिर्ता लिन आह्वान गर्नु भएको थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);