अमेरिकाले म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अमेरिकाले म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने

एजेन्सी, २९ फागुन । अमेरिकाले राजनीतिक सङ्कटमा फसेको म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने भएको छ । म्यान्मारमा गत फेबु्रअरी १ मा सेनाले सत्ता विद्रोह गरेपछि आन्दोलन र अशान्ति भइरहेकाले त्यहाँका नागरिकलाई राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिका बस्न अस्थायी अनुमति दिने भएको हो ।

सैन्य सत्ता विद्रोह र देशमा अशान्ति मच्चिएकाले देशका अधिकांश ठाउँमा मानवीय सङ्कट पैदा भएकोले उनीहरुलाई अमेरिका बस्न अस्थायी अनुमति दिन लागेको अमेरीकाका गृहमन्त्री अलेजान्द्रो मायोर्कासले बताएका छन् । सरोकारवाला निकायहरुसँग परामर्श गरेर मन्त्रालय सो निर्णयमा पुगेको हो ।

म्यान्मारमा भइरहेको आन्दोलन र अशान्तिका कारण कसैले म्यान्मार छोडेर केही समयकालागि अमेरिका जान चाहन्छन वा अमेरिकामा रहेका तर म्यान्मार फर्किन चाहेका छैनन् भने उनीहरुलाई केही समय संरक्षकत्व दिन सकिने मायोर्कोसको भनाई छ । यो व्यवस्था मार्च ११ पछि आवतजावत गर्नेहरुलाई लागू हुने निर्णय भएको छ ।

म्यान्मारमा भएको सैन्य विद्रोहप्रति अमेरिका सहित विश्वका धेरै देशहरुले आपत्ति जनाउँदै लोकतान्त्रिक व्यवस्था कायम गर्न आह्वान गरेका छन् । डेढ महिनादेखि भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा ६० जनाको मृत्यु भएको छ भने १ हजार ८ सय भन्दा बढी गिरफ्तार भएका छन् तर आन्दोलन भने जारी रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);