अमेरिकाले दुई लाख मानिसको अनुमति रद्द गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अमेरिकाले दुई लाख मानिसको अनुमति रद्द गर्ने

एजेन्सी, २५ पुष । अमेरिकाले बसोवास र काम गर्ने अनुमति पाएका एल साल्भाडोरका झण्डै दुई लाख मानिसको अनुमति रद्द गर्ने निर्णय गरेको छ ।

अमेरिकाको आन्तरिक सुरक्षा मन्त्रालयले साल्भाडोरमा बसोवासका लागि समस्या नरहेको भन्दै आफ्नो मुलुकमा बस्ने र काम गर्ने अनुमति पाएका साल्भाडोरवासीले आगामी १८ महिनाभित्र अमेरिका छोड्नुपर्ने बताएको छ । अस्थायी रुपमा बस्न पाउने अनुमति लिएर अमेरिका प्रवेश गरेका साल्भाडोरका दुई लाख मानिसले अब सन् २०१९ को सेप्टेम्बर ९ सम्म मात्र अमेरिकामा बस्न पाउनेछन् ।

अमेरिकाले सन् २००१ मा गएको भूकम्पपछि मानवतावादी कार्यक्रम अन्तर्गत साल्भाडोरवासीलाई आफ्नो मुलुकमा बस्न र काम गर्न पाउने अस्थायी अनुमति दिएको थियो । ट्रम्प प्रशासनले यसअघि नै हाइटी र निकारागुआका अस्थायी अनुमति पाएर अमेरिका बस्दै आएका दशौँ हजार मानिसको अनुमति रद्द गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);