एक डोज लगाए पुग्ने जोन्सनको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एक डोज लगाए पुग्ने जोन्सनको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति

एजेन्सी, १६ फागुन । अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएको एक डोज मात्र लगाए पुग्ने कोरोना भाइरस विरूद्धको भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले १८ वर्षमाथिका व्यक्तिका लागि उक्त खोप प्रयोग गर्न शनिबार अनुमति दिएको हो । अमेरिकामा आधिकारिकता पाउने कोरोना विरुद्धको यो तेस्रो खोप हो ।

यसअघि अमेरिकामा कोरोना विरुद्धको खोप फाइजर र मोडेर्नाले आधिकारिकता पाइसकेको छ । यी दुबै खोपहरु दुई डोज लगाउनु पर्छ भने जोन्सनको खोप एक डोज लगाए पुग्छ । साथै सामान्य फ्रिजको तापक्रम मै भण्डारण गर्न सकिनुका साथै यो खोप सस्तो पनि भएको कम्पनीले जनाएको छ ।

जोन्सन एन्ड जोन्सन कम्पनीले विश्वभरि ४४ हजार मानिसमा खोपको परीक्षण गरेको जनाएको छ । परीक्षणबाट खोप ६६ प्रतिशत प्रभावकारी देखिएको कम्पनीले बताएको थियो । यो खोप लगाएपछि संक्रमण भए पनि अस्पतालमा भर्ना हुनु पर्ने र मृत्यु हुनेको संख्या शून्य रहेको थियो।

अमेरिकाले यही साताभित्रै ३० देखि ४० लाख खोप वितरण गर्ने लक्ष्यका साथ जोन्सनको १० करोड डोज भ्याक्सिन खरिद पनि गरिसकेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);