जोनसन एन्ड जोनसनको खोप सुरक्षित र प्रभावकारी, एक डोज लगाए पुग्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

जोनसन एन्ड जोनसनको खोप सुरक्षित र प्रभावकारी, एक डोज लगाए पुग्ने

एजेन्सी, १३ फागुन । अमेरिकी औषधि नियामक निकायले गरेको परीक्षणमा जोनसन एन्ड जोनसनले विकास गरेको कोभिड–१९ विरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेको पाइएको छ ।

अमेरिकामा केही दिनभित्रै आधिकारिकता पाउने टिप्पणी गरिएको जोनसन एन्ड जोनसनको यो खोप एक डोज लगाए पुग्ने बताइएको छ । यस खोपले केही दिनभित्रै आधिकारिकता पाए अमेरिकामा आधिकारिकता पाउने यो कोभिडविरुद्धको तेस्रो खोप हुनेछ ।

यसअघि अमेरिकामा आधिकारिकता पाएका कोभिड १९ विरुद्धका खोपहरु फाइजर र मोडेर्नाको तुलनामा जोनसन एन्ड जोनसनको खोप सस्तो र भण्डारण गर्न सहज हुने बताइएको छ ।

यसलाई सामान्य रेफ्रिजेरेटरमा पनि भण्डारण गर्न सकिनेछ । जोनसन एन्ड जोनसनले गत महिना आफ्नो परीक्षणको नतिजा सार्वजनिक गरेको थियो । उक्त औषधि उत्पादकको मालिक बेल्जियन कम्पनी जोनसनले परीक्षण नतिजाको विवरणले उसको उत्पादन गम्भीर रोगका लागि उच्च प्रभावकारी भएको देखाएको बताएको थियो।

यूएस फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन एफडीएले यो खोपले लक्षण देखिएका र गम्भीर बिरामीलाई रोग घटाउन देखिने फाइदाहरु पाइएका छन् । परीक्षण विवरणले गम्भीर बिरामीलाई बचाउनका लागि उक्त खोप ८५ प्रतिशत प्रभावकारी देखिए पनि समग्रमा भने यो ६६ प्रतिशत मात्र प्रभावकारी देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);