अस्ट्रेलियामा फेसबुक र गुगलले समाचार सामाग्रीका लागि पैसा तिर्नु पर्ने कानून पारित | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

अस्ट्रेलियामा फेसबुक र गुगलले समाचार सामाग्रीका लागि पैसा तिर्नु पर्ने कानून पारित

एजेन्सी , १३ फागुन । अस्ट्रेलियामा सामाजिक सञ्जाल फेसबुक र गुगलले समाचार सामाग्रीका लागि पैसा तिर्नु पर्ने कानून पारित भएको छ ।

अस्ट्रेलिया सरकारले समाचार प्रयोग गरेवापत गुगल र फेसबुकले प्रकाशकलाई पैसा तिर्नु पर्ने प्रावधान राखिएको कानून तल्लो सदनबाट बिहीबार पारित भएको हो फेसबुक र गुुगलमा राखिने समाचारको पैसा तिर्नुुपर्ने विश्वमा यो नै पहिलो कानून हो ।

यो कानून प्रस्ताव गरेदेखि नै अस्ट्रेलियाली सरकार र यी दुई अमेरिकी टेक जायन्ट कम्पनीबीच विवाद भईरहेको छ । यही विवादका कारण फेसबुकले अस्ट्रेलियामा समाचार सामाग्री हेर्न र सेयर गर्न गएको बिहीबारबाट प्रतिबन्ध लगाएको थियो ।

यद्यपी सरकारले प्रस्तावित कानूनमा केही संशोधन गरिने भनिएपछि फेसबुकले गएको मंगलबार प्रतिबन्ध फुकुवा गरेको थियो ।

अस्ट्रेलिया सरकारले ठूला प्रविधि कम्पनी र समाचार उत्पादन गर्ने संस्थाबीच समाचार सामग्रीको मूल्यबारे ‘न्यायोचित’ संवाद होस् भन्ने आफ्नो कानूनको उद्देश्य भएको दाबी गरेको छ । फेसबुक र गुगलले भने यो कानूनको विरोध गर्दै गरिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);