फेसबुकले क्रिप्टो करेन्सीलाई प्रोत्साहन गर्ने विज्ञापनमाथी प्रतिबन्ध लगायो | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

काठमाडौं, १८ माघ । फेसबुकले क्रिप्टो करेन्सीलाई प्रोत्साहन गर्ने विज्ञापनहरुमाथी प्रतिबन्ध लगाएको छ । भ्रम र छलकपटपूर्ण व्यापारिक विज्ञापन बढ्दै गएपछि फेसबुकले नयाँ नीति नै ल्याएर प्रतिबन्ध लगाएको हो ।

बिटकोइन र इनिसीयल कोइन अफरीङ्ग जस्ता मुद्राले मानिसहरुलाई क्रिप्टोकरेन्सी खरीद गर्ने अवसर दिने गर्दछ । फेसबुले यो नयाँ नीति बनाउनुमा प्रयोगकर्ताहरुबाट नराम्रो फाइदा नलियोस भन्ने रहेको छ । फेसबुकमा आउने विज्ञापनहरुले मानिसहरुलाई आफ्नो सेवा निवृत्त कोषलाई बिटकोइन किन्न उक्साउने समेत गरेको थियो । २०१७ डिसेम्बरमा बिटकोइनको मूल्य १७ हजार डलर रहेको थियो भने ।

अहिले त्यो मुल्य झरेर दश हजार डलर रहेको छ । अनुसन्धानकर्ताहरुको अनुसार ह्याकर र स्क्यामरहरुले केहि मुद्राको अंक बढाउन जाली समाचार सम्प्रेशन गरेको बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);