फेसबुकले अस्ट्रेलियामा समाचारमाथिको प्रतिबन्ध हटाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

फेसबुकले अस्ट्रेलियामा समाचारमाथिको प्रतिबन्ध हटाउने

एजेन्सी, ११ फागुन । सामाजिक सञ्जाल फेसबुकले अस्ट्रेलियामा समाचारमाथि लगाएको प्रतिबन्ध हटाउने भएको छ । सामाजिक सञ्जाल जाइन्टले गएको बिहीबारदेखि अस्ट्रेलियाका प्रयोगकर्ताले फेसबुकमा समाचार सेयर गर्न र हेर्न प्रतिबन्ध लगाएको थियो ।

अस्ट्रेलिया सरकारको प्रस्तावित कानुनमा केही संशोधन गरिने भएपछि फेसबुकले प्रतिबन्ध हटाउन तयार भएको हो । अस्ट्रेलियाका वित्त प्रमुख जस फ्रीडेन्बर्ग र फेसबुकका प्रमुख मार्क जुकरबर्गबिच भएको कुराकानीमा आउँदा दिनमा प्रतिबन्ध फुकुवा गर्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

अस्ट्रेलिया सरकारले फेसबुक र गुुगलमा राखिने समाचारको पैसा तिर्नुुपर्ने नियम लगाउने मिडिया कोड संसदबाट परित गर्ने बताइएका बेला फेसबुकले जवाफमा समाचार सामाग्रीमा प्रतिबन्ध लगाएको हो ।

हाल सो कानूनमा संशोधन गरिने पनि फ्रीडेन्बर्गले बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);