फेसबुकद्धारा म्यानमार सैनिकको पेज बन्द | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

फेसबुकद्धारा म्यानमार सैनिकको पेज बन्द

facebook

एजेन्सी, ९ फागुन । सामाजिक सञ्जाल फेसबुकले म्यानमार सैनिकको पेज बन्द गरिदिएको छ । फेब्रुअरी १ मा भएको सैन्य कूको विरोधमा उत्रिएका दुई जना प्रदर्शनकारीको प्रहरीले गोली लागेर मृत्यु भएको थियो ।

प्रहरी दमन बढेसँगै फेसबुकले हिंसा भड्काउने कुरालाई प्रतिबन्ध गर्ने आफ्नो विश्वव्यापी मापदण्डअनुसार सैनिकको पेज बन्द गरिएको जनाएको छ । फेसबुकको यो कदमबारे म्यानमारको सैनिकले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

यसअघि आइतबार भएको प्रदर्शनका क्रममा मन्डले सहरमा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);