अमेरिकामा बोइङ ट्रिपल सेभेन विमानमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अमेरिकामा बोइङ ट्रिपल सेभेन विमानमा आगलागी

एजेन्सी ,९ फागुन । अमेरिकामा उड्दै गरेको विमानमा आगलागी भएको छ । अमेरिकाको डेनभरबाट होनोलुलुका लागि उडेको बोइङ ट्रिपल सेभेन जेट विमानको इञ्जिन बिग्रिँदा आगलागी भएको हो ।

आगलागीपछि इञ्जिनको केही भाग टुक्राटुक्रा भएर जमिनमा झरेको थियो । आगलागीबाट इञ्जिनको केही भाग जमिनमा झरे पनि विमानलाई सकुशल रुपमा डेनभर विमानस्थलमा अवतरण गराइएको बीबीसीले जनाएको छ ।

विमानमा चालक दलका १० सदस्यसहित २ सय ३१ यात्रु रहेका थिए । उनीहरु सबै सुरक्षित रहेको बताइएको छ । इञ्जिनमा समस्या आएपछि विमान चालकले नआत्तिकन बस्न यात्रुलाई आग्रह गरेका थिए । घटनाको अनुसन्धान हुने विमान कम्पनीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);