भारत र चीनबीच विवादास्पद हिमालयन सीमाबाट दुवै राष्ट्र फेब्रुअरी ११ भित्र सेना फिर्ता बोलाउन सहमत | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भारत र चीनबीच विवादास्पद हिमालयन सीमाबाट दुवै राष्ट्र फेब्रुअरी ११ भित्र सेना फिर्ता बोलाउन सहमत

एजेन्सी, १० फागुन । भारत र चीनबीच सीमा स्वामित्वलाई लिएर दशकौं अघिदेखिको विवाद मिलाउने प्रयास भईरहेको छ । भारत र चिन विवादास्पद हिमालयन सीमाबाट आफ्ना सेना फिर्ता बोलाउन सहमत भएका छन् ।

दुवै राष्ट्रका उच्च सैनिक अधिकारीहरुबीच भएको छलफलपछि आ–आफ्नो क्षेत्रबाट सीमामा खटाइएको सैनिक फौज फिर्ता बोलाउने सहमति भएको हो । भारतीय विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दे दुवै देशले पाङगोङ त्सो तालबाट सुरक्षाकर्मी फिर्ता बोलाएका जनाएको छ ।

यस्तै अन्य क्षेत्रमा रहेका सेना पनि फिर्ता बोलाउने प्रक्रियामा रहेको विज्ञप्तीमा उल्लेख छ । विवादास्पद सीमा क्षेत्रमा शान्ति कायम गर्न दुवै देशले अन्तिम प्रयास गर्ने समेत जनाइएको छ । दुवै राष्ट्रले यही फेब्रुअरी ११ मा विवादास्पद सीमा क्षेत्रबाट आफ्ना सेना फिर्ता बोलाउने घोषणा गरीसकेका छन् ।

दुवै देशबीच सीमा स्वामित्वका बारेमा विवाद हुँदा पटक पटक झडपहरु भएका थिए । सो झडपमा परेर भारत र चीन दुवै पक्षमा सेनाको मृत्यु भएको थियो । सो झडपपछि दुवै पक्ष सीमाको दसगजा क्षेत्रमा अनधिकृत रुपमा प्रवेश नगर्ने सहमति जनाएका हुन् ।

दुवै देशले लद्दाखलगायत अन्य क्षेत्रमा देखिएको विवाद समाधानका लागि पनि वार्ता जारी राख्ने जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);