दोक्लाममा झुक्यो भारत, करिब तीन महिनापछि सेना फिर्ता | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

काठमाडौँ, १३ भदौ । भारत र चीनको दोक्लाम क्षेत्रमा बढ्दै गइरहेको तनाव अन्त्य भएको भारतले जनाएको छ। सोमबार भारतीय विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै पछिल्ला केही साता दोक्लाम विवादबारे चीनसँग कूटनीतिक तहमा कुराकानी गरेको र दुवै देशले आ–आफ्नो चासो र चिन्ता व्यक्त गरेको जनाएको थियो।

 

यही आधारमा दोक्लाम रहेका सीमा सुरक्षा फौज तुरुन्त फिर्ता गर्न हामी सहमत भयौं र फौज फिर्ताको क्रम जारी छ।’ वक्तव्यमा भनिएको छ । चीनले दोक्लाममा आएका सबै भारतीय सैनिक फिर्ता भइसकेको र चिनियाँ सेनाले त्यहाँ गस्ती गरिरहेको जनाएको छ।

 

चीनले भारत सो क्षेत्रबाट पछि हट्ने कुराले आफू प्रसन्न भएको जनाएको छ। पछिल्लो विवाद गत जुन महिनादेखि दुई देशबीच सुरु भएको थियो। आजको नेपाल समाचारपत्रले खबर छापेको छ।

ताजा समाचार