फ्रुटी बनाउने कच्चा पदार्थ मिति गुज्रेका भेटियो, कम्पनीमा प्रहरीको छापा | ईमाउण्टेन समाचार

Our Network

भदौ २५ २०८३, शुक्रबार

काठमाडौँ, १३ भदौ । दुगड फ्रुट एनड वेभरेज प्रालिको सतुंगलस्थित कम्पनीमा महानगरीय अपराध महाशाखाले छापा मारेको छ।

 

कम्पनीले उत्पादन गर्ने फ्रुटी जुस बनाउन प्रयोग गरिने पदार्थ टाटापुरी म्याङ्गो पल्प मिति गुज्रेको भेटिएपछि महाशाखाले छापा मारेको हो।

 

महाशाखाका अनुसार दुई बर्षअघि नै म्याद गुज्रिएको कच्चा पदार्थको प्रयोग गरेर कम्पनीले फ्रुटी जुस उत्पादन गरिरहेको थियो। आजको कान्तिपुरमा खबर  छ ।