भारतमा रहेका आफ्ना नागरिकलाई सतर्क रहने चीनको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

एजेन्सी, ८ भदौ । चीनले भारतमा रहेका आफ्ना नागरिकलाई सुरक्षाप्रति सचेत हुन आग्रह गरेको छ । नयाँ दिल्लीस्थित चिनियाँ दूतावासले भारतमा रहेका आफ्ना नागरिकलाई सुरक्षामा सतर्कता अपनाउन आग्रह गरेको हो ।

 

दुई मुलुकबीच पछिल्लो समय तनाव बढ्दै गएको अवस्थामा चीनले भारतमा रहेका आफ्ना नागरिकलाई सचेत रहन आग्रह गर्दै निर्देशिका नै जारी गरेको छ । पछिल्लो दुई महिनाको अवधिमा चीनले दोस्रोपटक निर्देशिका जारी गरेको हो । चीन र भुटानको सीमा क्षेत्र दोक्लाममा भारतीय सेनाले उपस्थिति जनाएको विषयलाई चीनले आपत्ति जनाउँदै आएको छ । चीनले सो क्षेत्रबाट विना शर्त आफ्नो सेना फिर्ता गर्न भारतलाई चेतावनी दिएको छ । यद्यपि, नयाँ दिल्लीस्थित चिनियाँ दूतावासले जारी गरेको सुरक्षा एडभाइजरीमा दुई मुलुकबीचको तनावबारे केही उल्लेख गरिएको छैन ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);