भारतमा रहेका नेपालीलाई सुरक्षित बस्न दूतावासको अपिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भारतमा रहेका नेपालीलाई सुरक्षित बस्न दूतावासको अपिल

काठमाडौं । नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीलाई सुरक्षित भएर नआत्तिइ बस्न अपिल गरेको छ ।

भारतमा कोरोना भाइरसको सुनामी आएपछि दूतावासले शुक्रबार अपिल जारी गर्दै त्यहाँ रहेका सम्पूर्ण नेपालीहरूलाई सुरक्षितभएर बस्न आग्रह गरेको हो । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले अपिल जारी गर्दै सो आग्रह गरेका हुन् ।

अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन र एक आपसमा सहयोग गर्न भारतमा रहेका सबै नेपालीलाई राजदूत आचार्यले आग्रह गरेका हुन् । राजदूत आचार्यले धैर्य गर्न नआत्तिन पनि अपिल गरेका छन् ।

अपिलमा लेखिएको छ – ‘यस विषम परिस्थितिमा भारतमा रोजगारी, अध्ययन एवं पेशा व्यवसाय गरी बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईलाई धैर्य गर्ने, नआत्तिने, विचलित नभई शान्त रहने एवं मास्कको अनिवार्य प्रयोग गर्ने, हात नियमित सफा राख्ने तथा स्यानिटाइजिङ गर्ने, भीडभाडबाट टाढा रहने, अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कने, भौतिक दूरी कायमगर्ने जस्ता स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउँदै एक आपसमा सहयोग लिन, सहयोग दिन एवं आफ्न्त भावलाई जीवन्त राख्न अनुरोध गर्दछु ।’

नेपालले पनि कोभिडको महामारी खेपिरहेको उल्लेख गर्दै उनले कोभिडविरुद्धको लडाईमा दुबै देश एक साथ रहेको पनि उल्लेख गरेका छन् ।

कोभिड रोकथामका लागि भारतमा लकडाउन लगायत प्रतिबन्ध लगाइएकाले कुनै समस्या भए दूतावासमा सम्पर्क गर्न पनि राजदूत आचार्यले आग्रह गरेका छन् ।

अपिलमा लेखिएको छ–‘यसबीचमा स्वास्थ्य उपचारको शिलशिलामा सहजीकरण गर्न लगायत अन्य सेवाका लागि नेपाली राजदूतावासको टेलिफोन नम्बर ९१–ं११२३४७६२००, ईमेल, [email protected] वा मोबाइल हटलाइन ९१–८९२९६०१९२५मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु ।’

महामारीका बेला भारतमा रहेका नेपालीलाई सहयोग गर्ने भारत सरकार लगायत भारतीय निकायलाई पनि उनले धन्यवाद दिएका छन् ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);