संयुक्त राष्ट्रसंघद्वारा सिरियामा अस्थायी युद्धविराम गर्न आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, ९ भदौ । राष्ट्रसंघले इस्लामिक स्टेटको नियन्त्रणमा रहेको रक्का शहरबाट सर्वसाधारणलाई बाहिर निकाल्ने वातावरण बनाउन अस्थायी युद्धविरामको आह्वान गरेको छ।

 

रक्कामा जारी युद्धका कारण २५ हजार सर्वसाधारण फँसेको हुनसक्ने राष्ट्र संघको आशंका छ। राष्ट्रसंघले हवाई हमला गरिरहेको गठबन्धन फौजलाई केही समयका लागि आफ्नो कारबाही रोक्न आग्रह गरेको हो।

 

गठबन्धन फौजसँग भीषण लडाइँ भइरहँदा आइएस लडाकुले सर्वसाधारणलाई शहर छोडेर जान नदिने प्रयास गरिरहेका छन्। राष्ट्र संघका अधिकारीहरुले आइएसका लडाकुले सर्वसाधारणलाई मानवढालको रुपमा प्रयोग गरेको आरोप लगाएका छन्। आइएस र गठनबन्धन फौजबीच जारी संघर्षमा सयौं मानिसको मृत्यु भइसकेको छ। – एजेन्सी

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);