थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक शिनावातविरुद्ध पक्राउ आदेश जारी | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

एजेन्सी, ९ भदौ । थाइल्याण्डको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री यिङलक शिनावातविरुद्ध पक्राउ आदेश जारी गरेको छ। आपराधिक लापरवाहीसम्बन्धी एउटा मुद्दाको फैसलाको दिन उनी अदालतमा उपस्थित नभएपछि न्यायाधीशहरुले पक्राउ आदेश जारी गरेका हुन्।

 

सर्वोच्च अदालतले शुक्रवार शिनावातविद्धको मुद्दामा फैसला सुनाउने तयारी गरेको थियो। तर, अदालतमा उनी उपस्थित नभएपछि मुद्दाको फैसला अर्को महिनाका लागि सारिएको छ। ६ वर्षअघि उक्त मुद्दा शिनावातको जितसँग जोडिएको चामलसम्बन्धी अर्बौं डलरको अनुदानसँग सम्बन्धित छ।

 

 

थाइल्याण्डको सैनिक सरकारले बजार मूल्यभन्दा दोब्बर मूल्यमा तत्कालीन सरकारले जनताका सबै चामल खरिद गर्दा भ्रष्टाचार भएको आरोप लगाएको छ। दोषी ठहर भएमा शिनावातले १० वर्षका लागि जेल सजाय भोग्नुपर्ने हुनसक्छ।

 

 

तर केही हदसम्म प्रजातान्त्रको पुनर्बहाली हुन दिनुअघि सैनिक सरकारले शिनावात परिवारलाई कमजोर पार्न राजनीतिक हिसाबमा पूर्वाग्रही ढंगले मुद्दा चलाएको हुनसक्ने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। बीबीसी