सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश

काठमाडौं, ३ कात्तिक । दोलखाका सांसद पार्वत गुरुङलाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश पूर्णेश्वर प्रसाद उपाध्यायको इजलाशले गुरुङलाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा अदालतले पक्राउ पूर्जी जारी गरेपछि उनी आइतबार अदालतमा हाजिर भएका थिए । २०७४ वैशाखको स्थानीय चुनावलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा आक्रमण भएको थियो।

खड्काले सांसद गुरुङसमेतको संलग्नतामा आफूमाथि आक्रमण भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए । सोही आधारमा उनीमाथि पक्राउ पूर्जी जारी भएको थियो ।

गत असोज ८ गते गुरुङविरुद्ध म्याद तामेल भएपछि आइतवार उनी आफै अदालत हाजिर भएका हुन् । जिल्ला अदालतले सांसद गुरुङसँग आरोपमाथि बयान लिएको थयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);