साधारण तारेखमा चुडामणि शर्मालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

साधारण तारेखमा चुडामणि शर्मालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

२७ साउन, काठमाडौं । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न सर्वोच्च अदालतले आज आदेश दिएको छ।

 

शर्माकी श्रीमति कल्पना उप्रेतीले आफ्ना श्रीमानलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै गत असार २७ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

 

सोही रिट अन्तर्गत सर्वोच्चको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । साधारण तारेखमा थुनामुक्त भए पनि उनी विरुद्धको मुद्दाको सुनुवाई जारी रहने सर्वोच्चले जनाएको छ। १० अर्ब भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा उनलाई जेठ १९ गते अख्तियारले पक्राउ गरेको थियो।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);