मानव वेचविखनको समस्या समाधान नाकामा रोक्दैमा नहुनेः अध्यक्ष शर्मा | ईमाउण्टेन समाचार

Our Network

भदौ २६ २०८३, शनिबार

साउन २७, काठमाण्डौं ।

 

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सिमा नाकामा गरिएको कडाईले मात्रै मानव वेचविखनको समस्या समाधान नहुने बताउनुभएको छ ।

 

मानव तथा बालबालिका बेचबिखन विरुद्ध काम गरिरहेका गैह्सरकारी संस्थाले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा आयोग अध्यक्ष शर्माले मानव वेचविखनको समस्या समाधान नाकामा रोक्दैमा नहुने भन्दै बहु आयामिक ढंगबाट अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले साक्षारता र महिला सचेतनामा वृद्धि हुदा हुदै वेचविखनको समस्या पनि बढ्दै गएको र त्यसका आयाम पनि परिस्कृत हुदै गएको भन्दै नियन्त्रणका लागि अनुसन्धानात्मक प्रविधि र पद्धतीको विकास गर्नुपर्ने आवश्यकता औल्याउनुभएको हो ।

 

 

मुलुकी ऐनलाई प्रतिष्थापन गर्न बनेको विधेयकमा विवाहको समयावधि र अनुमतिमा गरिने यौन सम्बन्धका बारेमा गरिएको व्यवस्था विवादास्पद भएको भन्दै उहाँले त्यस किसिमको व्यवस्थाले भविश्यमा ठुलो समस्या र गम्भीर संकट निम्त्याउने चेतावनी दिनुभयो ।

 

 

कार्यक्रममा मानव बेचबिखन विरुद्ध एटविनको बीस बर्ष नामक पुस्तक विमोचन गरिएको थियो ।

ताजा समाचार