म्यानमारमा भएको घटनाको दाङमा विरोध प्रर्दशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

म्यानमारमा भएको घटनाको दाङमा विरोध प्रर्दशन

दाङ, २ चैत। मानव अधिकार तथा शान्ती समाज दाङ शाखाले सोमवार तुलसीपुरमा विरोध प्रर्दशन गरेको छ । शाखाले म्यानमारमा भएको घटनाको विरोध गरेको हो । म्यानमारमा हत्या बन्द गर, बर्मामा सैनिक शासन चाहिदैँन्, मान्छे मार्न पाइदैँन् जस्ता विभिन्न नारा लगाउदै तुलसीपुरको वीपी चोकमा विरोध प्रदर्शन गरिएको हो ।

विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै समाजका केन्द्रिय वरिष्ठ उपसभापति सुशील बस्नेतले म्यानमारमा भएको हिंसात्मक घटनाले नेपाललाई समेत दुखी बनाएको भन्दै शान्ती स्थापनाका लागी वार्ता र सम्वादको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँलेशैनिकले शासन नभइ सुरक्षा दिनु पर्नेमा सत्ता हातमा लिएर नागरिक माथी गरिएको दमन, ज्यादती मानव अधिकार विरोध भएको समेत बताउनुभयो । उपसभापति बस्नेतले कसैले पनि मानव अधिकार हनन् गर्न नपाईने भन्दै म्यानमारको घटना दुखद भएको र आफुहरुले यसको विरोधमा दाङ सहित देशभर विरोध कार्यक्रम गरेको समेत बताउनुभयो ।

उहाँले यस्तो घटना सह्य नहुने भन्दै म्यानमार राजदूतावास अगाडी समाजका संस्थापक सभापति कृष्ण पहाडीको अघुवाइमा धर्ना समेत दिएको बताउनुभयो । साथै, उहाँले लोकतन्त्रको पुर्नवहालीका लागि समेत आग्रह गर्नु भयो ।

यस्तै समाजका केन्द्रिय सचिव निर्मल नेपाली र दाङका संस्थापक डिल्लीराज धितालले म्यानमारमा राजनीतिक अधिकारको सुनिश्चितताको माग गर्नु भयो । उहाँहरुले शैनिकले गरेको सत्ता शासन लोकतन्त्र विरुद्ध भएको समेत बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);