नेपाल पत्रकार महासंघद्धारा ४ जना सञ्चारकर्मीलाइ सम्मान | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

नेपाल पत्रकार महासंघद्धारा ४ जना सञ्चारकर्मीलाइ सम्मान

सुनसरी, २ चैत । नेपाल पत्रकार महासंघ सुनसरीले ४ जना सञ्चारकर्मीहरूलाइ नगद सहित बिभिन्न बिधाका पुरस्कारहरूबाट सम्मान गरेको छ ।

पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता कार्कीले स्थापना गरेको स्व. गिरिजाप्रसाद कोइराला स्मृति पुरस्कारबाट अग्रज पत्रकार सुविद गुरागाई र चेतन धमलालाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

यस्तै अग्रज पत्रकार सालिग्राम पान्डे र मेनुका पान्डेले माता लक्ष्मी र पिता चन्द्रबहादुर पान्डेको नाममा स्थापना गरेको चन्द्र(लक्ष्मी स्मृति सृजनशील पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार गोपाल देवानलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिएको छ ।

यस्तै महासंघमा आवद्ध रहि लामो समय देखि कार्यालय सचिवको भुमिका निर्वाह गर्दै आएकि सुनसरीकि कृयाशिल सञ्चारकर्मि रश्मि प्रधानलाइ पनि नगद रू ५ हजार सहित सम्मान गरिएको छ ।

पुरस्कार बितरण समारोहमा बिशिस्ट अतिथि एवम नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा प्रशिक्षक धर्मेन्द्र झा , स्वतन्त्र पत्रकार संघका केन्द्रिय कोषाध्यक्ष अग्रज पत्रकार शालिग्राम पाण्डे , नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी , प्रेस चौतारी प्रदेश एकका संयोजक लिलाराज भट्टराइ , लगायतले सुभकामना मन्तब्य राखेका थीए ।

कार्यक्रम नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काको अध्यक्षतामा सम्पन्न भएको थीयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);