हबिब विन्दु कुमार चौहान स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

हबिब विन्दु कुमार चौहान स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत

भैरहवा। भैरहवाका पत्रकार मोहम्मद हबिब विन्दु कुमार चौहान स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

मधेसी पत्रकार समाज जिल्ला शाखा रुपन्देहीद्वारा स्थापना गरिएको पुरस्कार पहिलो पटक स्मृति दिवसकै दिन पारेर भैरहवामा वितरण गरिएको हो । समाजले एक कार्यक्रमका बीच पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेलको प्रमुख आतिथ्यता समाजका अध्यक्ष राधेश्याम विश्वकर्मा लगायतको उपस्थितिमा नगद पुरस्कार राशि १० हजार र प्रमाणपत्रबाट हबिबलाई सम्मानित गरिएको हो । दैनिक लुम्बिनी र न्युज कारखानामा आबद्ध हबिब विगत ९ वर्षबाट भैरहवालाई केन्द्र बनाई पत्रकारिता गर्दै आएका छन्।मधेसी पत्रकार समाजका सदस्य तथा प्रेस चौतारी नेपाल रुपन्देहीका कार्यसमिति सदस्यसमेत रहेका पत्रकार हबिबलाई कर्मठ, लगनशील र निष्ठावान रही पत्रकारिता क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकोमा मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको समाजका लुम्बिनी प्रदेश अध्यक्ष तथा पुरस्कार मूल्यांकन समिति संयोजक राम विकास चौधरीले बताए । चौहानले २ दशक बढी पत्रकारिता क्षेत्रमा योगदान गरेकोले उनको सम्झनामा मधेसी पत्रकार समाज नेपाल रुपन्देहीले पुरस्कार स्थापना गरेको समाजका अध्यक्ष राधेश्याम विश्वकर्माले बताए । हरेक वर्ष स्मृति दिवसकै दिन यो पुरस्कार वितरण गर्ने गरी समाजले कोष नै स्थापना गरेको छ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले स्व. बिन्दु कुमार चौहान पत्रकारिताको धरोहर भएको बताए । उनले चौहानलाई सबै मिलेर बचाउने धेरै प्रयास गरे पनि प्रयास सफल हुन नसकेको बताए । क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);