लोकतन्त्र वहालीको माग गर्दै भइरहेको आन्दोलनमा सैन्य दमनको विरोधमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लोकतन्त्र वहालीको माग गर्दै भइरहेको आन्दोलनमा सैन्य दमनको विरोधमा प्रदर्शन

काठमाडाैं, १७ चैत । मानव अधिकार तथा शान्ति समाजले म्यानमारमा लोकतन्त्र वहालीको माग गर्दै भइरहेको आन्दोलनमा सैन्य दमनको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ । सोमबार समाजले संयुक्त राष्ट्रसंघको नेपाल कार्यालय अगाडि म्यानमारमा सैन्य दमनको विरोधमा प्रदर्शन गरेको हो ।

म्यानमारमा भइरहेको हत्या र दमन रोक्न राष्ट्र संघले प्रभावकारी कदम चाल्नु पर्ने प्रदर्शनकारीको माग छ । साथै म्यानमारमा भइरहेको मानवता विरुद्धको अपराध अन्त्यका लागि विश्व एकजुट भएर सामूहिक कदम चाल्न आग्रह सहित प्रर्दशन गरिएको जनाइएको छ ।

उनिहरुले लोकतन्त्रको बहाली र राजनीतिक बन्दीहरुको बिनासर्त रिहाइका लागि सबै एक हुनुपर्ने र अन्तर्राष्ट्रिय समुदायले सामूहिक कदम चाल्नुपर्ने भन्दै ध्यानाकर्षण गराएका छन् । प्रदर्शनकारीले म्यानमार सैनिक शासन चाहिदैँन, मान्छे मार्न पाइदैँन, हत्या, दमन बन्द गर, लोकतन्त्र बहाली गर, राजनीतिक बन्दी रिहा गर, मानव अधिकारको सम्मान गर लेखिएका ब्यानर तथा प्लेकार्ड बोकेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);